काठमाडौं र ललितपुर जोड्ने शंखमुलमा एउटा सुन्दर पार्क निर्माण भएको छ । पाटनस्थित बाग्मती किनारमा रहेको उक्त पार्क आर्ट अफ लिभिङ र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केही समयअघि निर्माण गरेका हुन् । बाग्मती र मनहोरा दोभानमा पार्क बनाउनु अघि


त्यो स्थान फोहोर फाल्ने प्रयोग हुन्थ्यो । दुर्गन्धबाट बच्न मानिस सकेसम्म सो स्थानलाई छलेर हिड्न चाहन्थे । हाल उक्त क्षेत्र मनमोहक हरियाली पार्कमा रुपान्तरण भएको छ ।


समय बिताउन स्थानीय त्यहाँ पुग्छन नै त्योभन्दा बढी पार्कको सौन्दर्यमा रमाउन युवा युवतीको ठूलै जमघट हुन्छ । शनिवारको फुर्सद बिताउन यो पार्क हिजोआज धेरैको रोजाइमा परेको छ ।


अहिले सबैको प्रिय स्थल बन्न पुगेको शंखमुल पार्कको दृश्य हाम्रा संवाददाता द्वारिका काफ्लेले क्यामरामा कैद गरेका छन् ।

बाग्मती र मनहोरा दोभानमा पार्क बनाउनु अघि त्यो स्थान फोहोर फाल्ने प्रयोग हुन्थ्यो । दुर्गन्धबाट बच्न मानिस सकेसम्म सो स्थानलाई छलेर हिड्न चाहन्थे । हाल उक्त क्षेत्र मनमोहक हरियाली पार्कमा रुपान्तरण भएको छ ।


Your Views
Related News