काठमाडौं-अभिनेता बिपिन कार्कीले चर्चित बलिउड अभिनेता अनिल कपुर र रणवीर कपुरले अभिनय गर्ने फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका छन् । रणवीरको मुख्य भूमिका भएपनि फिल्ममा चाहिँ उनले अनिल कपुरसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।

छोटो भूमिका भएपनि आफ्ना लागि यो फिल्म महत्वपूर्ण हुने अभिनेता कार्कीले बताएका छन् । अगस्टमा फिल्म सुटिगंका लागी मुम्बइ बोलाइसकिएको कार्कीले बताए ।

फिल्ममा रणवीर कपुर, अनिल कपुरका अलवा परिणिती चोपडा र बबी देओलको पनि मुख्य भुमिका रहनेछ । ‘कविर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्मको अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ ।

यो पनि, नायिका सुष्मा कार्कीको नाम फिल्म निर्देशक, कलाकार र गायकसँग जोडिँदै आएको छ । तर यतिबेला भने सष्माले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै सांकेतिक रुपमा ‘यो सबै कुराको उत्तर हो’ भनेकी छन्।

सुष्माले पोस्ट गरेको उक्त तस्विर सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको हो । जहाँ उनीहरु एक अर्काको सामिप्य भएर तस्विर खिचाइएको छ । तस्विर भाइरल बनेसँगै विभिन्न अर्थ लगाइए पनि सुष्माले भने उनी प्रेमी नभएको बताउँदै आएकी छिन् । सुष्माको पोस्टमा अक्षयले लभ९रियाक्ट मात्रै गरेका छन् ।


Your Views
Related News