सानो पर्दाको सबैभन्दा चर्चित रियालिटी शो बिग बोसमा आएका धेरै प्रतियोगीहरुको प्रेमकथा सुरु हुने गरेको छ । बिग बोसको यो सिजनमा प्रतियोगी तेजस्वी प्रकाशले सबैलाई चकित पारेकि छिन् । वास्तवमा, तेजस्वी प्रकाशले उमर रियाजलाई आफू गर्भवती भएको बताएकी छिन् । यो सुनेर सबै छक्क परेका छन् तर, तेजस्वीले यो शोका होस्ट सलमान खानको आदेशमा यो सबै भनेकि थिईन् ।

वास्तवमा, बिग बोसको एक शो मा होस्ट सलमान खान र उनका पार्टनर तथा बलिउड स्टार गोविन्दाले तेजस्वी प्रकाशलाई उमर रियाजसँग ठट्टा गर्न लगाएका थिए । सलमान खान र गोविन्दा दुबैले तेजस्वीलाई आफूले उमर लाई के भन्न खोजेको बताएका थिए । प्रतियोगी तेजस्वी प्रकाश उमरसँग बोल्दै भन्छिन्– मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो मजाकको कुरा होइन ।

सलमानको निर्देशनमा तेजस्वी भन्छिन्, –म आमा बन्न जाँदैछु । यो सुनेर उमरको बोली नै रोकिएको थियो । उमर भन्छन्– के भन्दै छौ ? तेजस्वीले आफ्नो ठट्टा जारी राख्दै भनिन्,–के ग्यासका कारण केटी गर्भवती हुन सक्छ। उमर रियाज अलमलमा पर्छन् र त्यहाँबाट निस्किन्छन् । हाल उमर शो बाट भने बाहिरि सकेका छन् । उनले प्रतिक सहजपाल माथि हा’तपा’त ग’रे पछि उनलाई दर्शकको माध्यम देखाएर शो बाट निकालिएको हो ।

यो पनि बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही ख’टप’ट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।

केहि समय अघि भारतीय संचारमाध्यमहरुका अनुसार दुवैले विवाह गर्ने तयारी थालेका बताएका थिए । मलाइका बलिउड सुपरस्टार सलमान खानकी पूर्व भाउजु हुन् ।

सलमानका दाई अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए । विवाह गरेको १८ वर्षपछि सन् २०१६ मा दुवै एक्ला–एक्लै बस्न थाले । सन् २०१७ मा दुवैले सम्बन्ध विच्छेद गरे । उनीहरुको एक छोरा छ ।


Your Views
Related News