काठमाडौ। बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको छ । यी दुईले आ–आफ्नो बाटो अलग गरेको रिपोर्टमा जनाइएको छ । सूत्रका अनुसार विगत ६ दिनदेखि मलाइका घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा गएकी छिन् । उनी निकै दुःखी भएको र केही समयका लागि बाहिरी दुनियाबाट टाढा रहन चाहेको बताइएको सूत्रको हवाला दिँदै बलिउड लाइफले जनाएको छ ।

अर्जुन कपूर पनि विगत केही दिनदेखि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिन पहिले अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए । त्यहाँ डिनरको कार्यक्रम थियो । मलाइकाको घरको नजिकै रिया बस्छिन् तर त्यति नजिक जाँदा पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । मलाइका पनि पहिले यस किसिमका पारिवारिक डिनरमा अर्जुनको साथमै जान्थिन् तर यसपटक उनी पनि गइनन् ।

यसअघि अर्जुन जहिले पनि मलाइकाको घरको आसपास हुँदा मलाइकालाई भेट्न जान्थे । तर, त्यस दिन अर्जुन पनि गएनन् । अर्जुन रिया कपूरको घरबाट सिधै आफ्नो घर आए । अर्जुन र मलाइकालाई प्रायः कफी वा डिनर डेटमा भेटिन्थ्यो तर लामो समयदेखि उनीहरु यसरी साथमा देखिएका छैनन् ।

यो पनि, साउथ सुपरस्टार महेश बाबुका दाजु रमेश बाबुको निधन भएको छ । शनिबार अबेर राती उनको निधन भएको हो । ५६ वर्षका अभिनेता तथा निर्माण रमेश बाबु लामो समयदेखि कलेजो सम्बन्धी रोगसँग जुधिरहेका थिए । रमेश बाबुको निधनको खबर यस्तो समयमा आएको छ जतिबेला महेश बाबु आफैं कोरोना पोजेटिभ छन् र आइसोलेसनमा बसिरहेका छन् ।

रमेश बाबुको निधनको खबर सार्वजनिक भएपछि दक्षिण भारतीय फिल्मका फ्यान र साउथ इण्डष्ट्रीका सेलिब्रेटीहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । फिल्म निर्माता बीए राजुले रमेश बाबुप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शुभचिन्तकहरुसँग उनको अन्तिम संस्कार र अन्तिम यात्राका क्रममा कोरोना गाइडलाइनको ख्याल गर्न आग्रह गरेका छन् । सुपरस्टार चिरञ्जीवी, साइ धरम तेज लगायतले पनि सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।


Your Views
Related News