काठमाडौं। ब्राजिलको मिनस ग्यारेस राज्यमा शनिबार एउटा विशाल चट्टानको टुक्रा भत्किएर तीनवटा डुंगामाथि खस्यो । यो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ र ९ जना गम्भीर घाइते भएका छन् । २० जना पर्यटक बेपत्ता भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । यो

घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा पूरै घटना लाइभ रेकर्ड भएको छ । भिडियोमा फर्नास लेकमा मानिसहरुले नौका सवारीको मजा लिइरहेको देख्न सकिन्छ । यही बीचमा चट्टानको एक भाग टुक्रिएर नौकाहरुमाथि खस्छ । स्थानीय समयअनुसार यो दुर्घटना करिब ११ बजे भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार मिनस ग्यारेस राज्यमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ । वर्षाले यसरी चट्टान भत्किएर खस्ने आशंका भइरहन्छ । डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार मिनस ग्यारेस फायर डिपार्टमेन्टका कमाण्डर कर्नल एडगार्ड एस्तेभोले एक पत्रकार सम्मेलनमा बेपत्ता व्यक्तिहरुको

खोजी जारी रहने बताए । उनका अनुसार गोताखोरहरुले रातको समयमा भने आफ्नो सुरक्षाका लागि खोजी कार्य रोक्नेछन् । ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले पनि यो भिडियो शेयर गरेका छन् । राष्ट्रपति बोल्सेनारोले नौसेनाले खोज र उद्धार प्रयासका लागि एक राहत दल तैनाथ गरेको बताएका छन् । यसका

अलावा दक्षिण पूर्वी ब्राजिलको ल्याण्डलक राज्य मिनस ग्यारेसका गभर्नर रोमु जेमाले पनि यस विषयमा ट्वीट गरेका छन् । उनले मुस्किल समयमा पीडितका परिवारको साथमा एकजुटताका साथ उभिएको बताउँदै अत्यावश्यक सुरक्षा र सहयोग प्रदान गर्नको लागि काम गर्न जारी राख्ने बताएका छन् ।


Your Views
Related News