एजेन्सी – टोकियो ओलम्पिकमा दाजुबहिनीले स्वर्णपदक जित्दै नयाँ कीर्तिमान बनाएका छन्। आबे हिफुमी र उटाले एकैदिन व्यक्तिगत खेलमा स्वर्ण जितेका हुन्। ओलम्पिकको इतिहासमा पहिलो पटक यस्तो रोचक घट’ना भएको हो।

बुडोकन मार्सल आर्टस् एरिनाबाट उनीहरूले घरमा एउटा होइन, दुईवटा स्वर्ण पदक लगेका थिए। उटाले फ्रान्सकी अमान्दिन बुचार्डलाई हराएकी हुन्। विगत चार वर्षमा बुचार्डलाई हराउने उटा एक्ली खेलाडी हुन्। फ्रान्सकी अमान्दिन बुचार्डलाई हराउने उटा चार वर्षमा पहिलो खेलाडी हुन्।

जुडो ५२ किलो महिलातर्फ जापानका लागि ओलिम्पिक खेल जित्ने उटा आबे पहिलो खेलाडी बनिन्। त्यसकै केही बेरमा उनका दाइ हिफुमीले जुडो ६६ किलो पुरुषतर्फ आयोजक देशलाई विजयी बनाए।

एकै दिन ओलिम्पिक स्वर्ण पदक दाजुबहिनीले जितेको यो पहिलो घ’टना हो। खेल्न जानुअगाडि आफ्नी बहिनीले जितिसकेको थाहा पाएपछि ठट्टा गर्दै हिफुमीले भनेका थिए, ‘उनको दाइ भएको हिसाबले हार्ने छुट मलाई छैन।’

कोभिडका कारण छनोट चरणको प्रतियोगिता हुन सकेको थिएन र उनी झन्डै ओलिम्पिक्स नै खेल्न नपाउने भएका थिए। उनकी बहिनी उटाको ओलिम्पिक कथा नाटकीय छ।


Your Views
Related News