काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् । अन्य पार्टीका नेताहरुसंग कुरा मिल्यो भने विहिवारै मन्त्रीमण्डलको काम सकिने बताइएको छ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई काबिल सहयोगी छान्न सुझाव दिएका छन् ।

राम्रो र इमान्दार सहयोगी नभए प्रधानमन्त्रीले मात्र केही गर्न नसक्ने भएकाले त्यस्ता ब्यक्तिलाई मन्त्री बनाउन उनले सुझाव दिएका हुन् । नेता नेपालको समुह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । एमाले भित्रको विवाद समाधानका लागि वार्ता भइरहेकाले तत्काल सरकारमा सहभागी नहुने जवाफ नेपाल पक्षले देउवालाई दिएको छ ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा देउवासंगै सहभागी भएका नेता नेपालले राम्रा र इमान्दार ब्यक्तिलाई मन्त्री बनाउन सुझाव दिए । आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा उल्लेखनिय काम गर्न सकेको स्मरण गर्दै

उनले राप्रपाका नेता दीपक बोहराको प्रशंसा पनि गरे । आफु प्रधानमन्त्री हुँदा बोहरा जस्तो ब्यक्तिलाई मन्त्री बनाएकाले प्रकृति संरक्षणमा राम्रा काम भएको उनको तर्क थियो । नेपाल २००९ मेदेखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेका थिए ।


Your Views
Related News