काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले गठबन्धनमा मन्त्रालयको भागवण्डाको काम टुंग्याएका छन् । विहिवार गठबन्धन दलहरुबीच बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको हो । गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो ।

नेकपा एमालेको विवाद समाधानका लागि प्रयास जारी रहेकाले माधव पक्ष तत्काल सरकारमा सहभागी नहुने भएको हो । यद्धपी नेपाललाई फकाउने प्रयास गठबन्धन दलहरुले पनि जारी राखेका छन् । विहिवार नेकपा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

तीन राज्यमन्त्री बनाइने भएपनि त्यसको भागबण्डा गरिएको छैन । सहमति भएको मन्त्रालय भागवण्डाको कुरा सार्वजनिक नगर्ने सहमति पनि नेताहरुबीच भएको छ ।

Your Views
Related News