काठमाडौं। सांसद पद पुर्नस्थापनाको माग राखेर रिट निवेदन बुझाउन गएका चार पूर्व माओवादी नेताहरुको मु द्दा हेर्न नभ्याइने भएको छ । पूर्व माओवादीका सांसदहरू पद पुर्नस्थापनाको माग सहित रिट लिएर सर्वोच्च

पुगेका थिए । माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको थियो ।

ती रिट निवेदनमाथि सुनुवाइका लागि हेर्न नभ्याइने सर्वोच्च अदालतले जानकारी दिएको छ । सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।

उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मु द्दा दायर गरेका थिए । सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए । रिटमा उनीहरुले आफुहरुले औपचारीक रुपमा नेकपा एमाले प्रवेश नगरेका कारण माओवादीमै रहेको तर्क प्रस्तुत गरेका छन् ।

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए ।

पार्टी छोडेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका ४ माओवादी नेतालाई पार्टीले कारवाही गरेको हो । उनीहरु एमालेमा प्रवेश गरेका थिए ।


Your Views
Related News