बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो अर्काे फिल्म पोन्निईन सेलवनको शुटिंग शुरु गरेकी छिन् । उनी यसबेला तमिलनाडुमा रहेकी छिन् । आईतबार उनी आफ्नो पति अभिषेक बच्चन तथा छोरी आराध्याको साथमा आफ्नो को–स्टार सरथ कुमारको घर पुगेकी थिईन् ।

यसैक्रममा केही तस्बिरहरु शरथ कुमारकी छोरी तथा अभिनेत्री बरलक्ष्मीले आफ्नो इन्ष्टाग्राममा शेयर गरेकी थिईन् । ऐश्वर्या राय बच्चन तथा सरथ कुमारको परिवार सहितको यो फोटोे सामाजिक सञ्जालमा एकदमै तिब्र रुपमा भाइरल भइरहेको छ ।

यस तस्बिरको आधारमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ऐश्वर्या राय बच्चन गर्भवती भएको आशंका गरेका छन् । कतिपयले ऐश्वर्याको बेबी बम्प हुदै गईरहेको दाबी गरेका छन् । कतिपयले उनलाई दोस्रो पटक आमा बन्न लागेको भनेका छन् । ऐश्वर्याले उक्त तस्बिरमा ब्लाक अफ शोल्डर टप लगाएकी छिन् ।

यो तस्बिरमा उनको वजन समेत बढेको प्रष्ट देख्न सकिन्छ । उनले आफ्नो हातले पेट छोपेको देख्न सकिन्छ । ऐश्वर्याको यो तस्बिर र पोजिसनका कारण उनका फ्यानहरुले उनी फेरी गर्भवती रहेको बताएका छन् । तस्बिरमा उनको पेटको साईज पनि बढेको देखिएको छ ।


Your Views
Related News