एजेन्सी ( २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । २०१५ को कोपा अमेरिकामा पनि चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हराएको थियो ।

२०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हार्यो । उक्त पटक पनि चिलीसँग नै हारेको थियो । त्यो पटक पनि टाइब्रेकरमै हारेको थियो । त्यसपछि आजित भएर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए ।

उनका धेरै समर्थकहरूलाई यो निर्णयले धक्का दिएको थियो । यस घटनापछि मेस्सीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई पनि जान्छ । ‘फुटबललाई माया गरिने

हाम्रो जस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवान्कै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेस्सी अर्जेन्टिनाका बहुमूल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,’ म्याक्रीले भनेका थिए ।

राष्ट्रपति कार्यालयले नै सन्यास फिर्ताका लागि पुनर्विचार गर्न आग्रह गरेपछि मेस्सी फेरि खेलमा फर्किए । उनको कप्तानीमा अर्जेन्टिनाले आज २८ वर्षपछि ब्राजिललाई १९० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका जितेको छ ।

मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएका छन् । साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता पनि बनेका छन् । यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन् । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका हुन् ।

म्याक्री २०१५ देखि २०१९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी त्यहाँको प्रमुख पार्टी मध्येको एक रिपब्लिकन प्रपोजलका अध्यक्ष हुन् । २००५ मा यो पार्टी स्थापना भएदेखि नै उनी अध्यक्ष पदमा छन् ।


Your Views
Related News