काठमाडौं। विश्वकै धनी व्यक्तिको कुरा गर्दा हामीले उनीहरु बस्ने घर निकै भव्य र ठूलो होला भन्ने कल्पना गर्छौं । तर, विश्वकै तेस्रो धनी व्यक्ति भने निकै सानो घरमा बस्छन् ।

स्पेसएक्स, टेस्ला जस्ता कम्पनीका मालिक, १६० अर्ब डलरको सम्पत्ति भएका एलन मस्क निकै सानो घरमा जीवन बिताइरहेका छन् । एलन मस्क अहिले अमेरिकाको टेक्सासमा रहेको आफ्नो घरमा बस्छन् ।

एलन मस्कको यो घर ३७५ वर्गफुटमा फैलिएको छ र यसको मूल्य मात्रै ५० हजार डलर हो । ५० वर्षका एलन मस्कले एक ट्वीटमार्फत आफ्नो घरबारे खुलासा गरेका थिए । न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टका

अनुसार एलन मस्कको यो घर बोक्साबल कम्पनीले बनाएको हो । यो कम्पनी २०१७ मा लस भेगासमा सेटअप गरिएको थियो । यो कम्पनीको मुख्य उद्देश्य एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने घर निर्माण गर्नु हो ।

यो कम्पनी साना तर स्टाइलिस घर बनाउन परिचित छ । मस्कको घर पनि एक स्टुडियो अपार्टमेन्ट जस्तै छ । उनको घरमा एक किचन, बाथरुम, बेडरुम र ओपन प्लान लिभिङ रुम छन् । घर बनाउने कम्पनीका

सहसंस्थापक ग्यालिएनो टिरामानीले न्यूयोर्क पोस्टसँग भने ‘हाम्रो कम्पनीको लक्ष्य ठूलो स्तरमा घर बनाउनु र यी घर सस्तो मूल्यमा मानिसहरुलाई उपलब्ध गराउनु हो । हामी यो प्रोजेक्टको सहयोगमा विश्वमा घर किन्ने सहज र सस्तो प्रक्रिया बनाउन चाहन्छौं ।’

एलन मस्कले अघिल्लो वर्षदेखि नै जमिन, घर जस्ता आफ्ना अचल सम्पत्तिहरु बेचिरहेका छन् । अब आफू मंगल मिशनमा केन्द्रित हुन लागेकोले सम्पत्ति बेचिरहेको उनले बताएका थिए । उनले मे २०२० मा आफ्नो लगभग सबै अचल सम्पत्ति बेचिसकेको बताएका थिए । पछिल्लो १३ महिनामा उनले १३ हाइप्रोफाइल सम्पत्ति बेचिसकेका छन् ।


Your Views
Related News