काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने भएकी छन् । पन्तले दिएको अभिव्यक्ति विरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगिसकेकी छन् । पन्तले १५ फागुनमा आयोजित

एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि पन्तले वलीसँग माफीसमेत मागेका थिए ।

मा‌ओवादी केन्द्रको बैठक बस्दै, ओलीलाई दिएको समर्थनबारे निर्णय हुने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुने जनाइएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने जनाइएको छ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको हो।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।


Your Views
Related News