२०७७ फागुन १० गते, सोमवार, २२ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष, दशमी तिथि (१४:३२ बजेदेखि एकादशी )। मृगशिरा नक्षत्र ( ८:४२ बजेदेखि आर्द्रा ) । चन्द्रराशि– मिथुन। इटहरी , सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे,काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म, कर्म तथा समाजसेवाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका होला, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Your Views
Related News