दमौली : तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै देवराज महतारा चौंथो व्यास अल्ट्रा म्याराथनको विजेता भएका छन्। उनी कालीकोटका हुन्। मानुङबाट पुलिमराङ सम्मको ४४ किलोमीटर दूरी पार गर्दै उनी विजेता भएका हुन्। उनी साविक विजेतालाई दौडमा पछि पार्दै

विजेता भएका हुन्। गत वर्ष दुई घण्टा ५९ मिनेटमा दौड पार गरेका सोलुखुम्बु्का सुमन कुलुङ राई यस पटक केही पछि परे।प्रतियोगितामा दूरी तीन घण्टा आठ मिनेट एक मिनेटमा पार गरेका राई प्रतियोगितामा दोश्रो भए।प्रतियोगितामा तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गरेका वेदबहादुर सुनार तेश्रो भए। उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सदस्य हुन्।

प्रतियोगितामा प्रथमका लागि ८५ हजार ७७ रुपैयाँ, दोश्रोका लागि ६५ हजार ७७ रुपैयाँ तथा तेश्रोलाई ५५ हजार ७७ रुपैयाँ पुरस्कार छ।यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ। एक सय ७९ धावक दर्ता भए पनि एक सय ५३ धावक प्रतियोगितामा सहभागी थिए।

नगरपालिकाले सहिद दिवसको अवसरमा चार वर्ष अघि प्रतियोगिता सुरु गरेको हो। प्रतियोगितामा तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गरेका वेदबहादुर सुनार तेश्रो भए। उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सदस्य हुन्।

प्रतियोगितामा प्रथमका लागि ८५ हजार ७७ रुपैयाँ, दोश्रोका लागि ६५ हजार ७७ रुपैयाँ तथा तेश्रोलाई ५५ हजार ७७ रुपैयाँ पुरस्कार छ।


Your Views
Related News