वि.सं. २०७७ कात्तिक ६। बिहीवार। इ.स. २०२० अक्टोबर २२। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। षष्ठी, १३:१९ उप्रान्त सप्तमी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:

२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा लिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Your Views
Related News