वि.सं. २०७७ असोज २७। मंगलवार। इ.स. २०२० अक्टोबर १३।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। एकादशी, १०:०४ उप्रान्त द्वादशी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र

सूर्यास्त : साँझ ०५:३६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । लाभदायक यात्रा होला । प्रिय व्यक्तिसंग भेट घाट होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्र संग मीठो भेट घाट रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुन सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्य तथा शिक्षामा सुधार आउनेछ । सामाजिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । \मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Your Views
Related News