वि.सं. २०७७ असोज २४। शनिवार। इ.स. २०२० अक्टोबर १०।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। अष्टमी, १२:४१ उप्रान्त नवमी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ

०५:३९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मानको डर हराएर जानेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रापनि हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमाबाट धनलाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोधपनि आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अधुरो कामपनि पूरा हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर मन भावुक र उत्ताउलो बन्न सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Your Views
Related News