इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा तीन दिन निषेधाज्ञा थप गरेको छ । आज शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले भदौ १७ गते

मध्यरातीसम्म जिल्लाभर निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो । बैठकमा व्यवसायीहरुले बजार खोल्नु पर्ने प्रस्ताव गरेपछि १७ गते बैठक बसेर बजार खोल्ने कि फेरि निषेधाज्ञा थप्ने भन्ने निर्णय गरिने भएको छ ।

धनकुटामा भदौ १७ सम्म निषेधाज्ञा थपियो
धनकुटामा जारी निषेधाज्ञा आगामी भाद्र १७ गतेसम्म थपिएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसीसीएमसी) धनकुटाको बिहीबार बसेको बैठकले सो निणय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विमलीले जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरि परिक्षण गर्ने काम भइरहेकाले समुदाय स्तरमा नफैलिओस् भनेर निशेधाज्ञा गर्नु परेको जानकारी दिए । उनले जिल्लाका छिमेकी जिल्लाहरुमा पनि कोभिड १९ समुदायस्तरमा फैलिरहेकोले पनि निशेधाज्ञा लम्ब्याउनु परेको बताए ।

जिल्लामा निषेधाज्ञा थप गरिएको भएपनि बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिले गरेको छ । यसअघि भने सो समयमा खाद्यान्न र तरकारीका पसल मात्रै खोल्न पाइने गरेको थियो ।


Your Views
Related News