इटहरी / इटहरीमा शनिबार एकै दिन १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इलका प्रहरी कार्यलय इटहरीमा ५ जना सहित १४ जनामा संक्रमण पुष्टि भएकाे हाे । संक्रमण पुष्टि हुनेमा इटहरी ९ का ५ जना, इटहरी १२ का २ जना, इटहरी ६ र १४ का १/१ जना र इप्रकामा ५ जना रहेका छन् ।इटहरीमा

हाल सम्म ७८ जनामा संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्य ४२ जना हाेम आइसाेलाेसन र ११ जना अपस्तालमा रहेका छन् । इटहरीमा काेराेना संक्रमण पुष्टि भएर पनि घरमा बस्नेका संख्या ठुलाे छ । इटहरी उपहमानगरपालिकाले दिएकाे जानकारी अनुसार २५ जना निको भएका छन् । यसरी हेर्दा इटहरीमा ५३ जना सक्रिय संक्रमित रहेकाे छन् । ५३ जना सक्रिय संक्रमित रहेकामा ४२ जना घरमा नै रहेका छन् ।

संखुवासभामा आइसोलेसन तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ
संखुवासभा खाँदबारीमा कोरोना संक्रमित राख्न बनाइएको आईसोलेसन तोडफोड र स्वास्थ्य सामाग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसका प्रमुख मात्रिका तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो । शनिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले प्रमुख तिम्सिना माथि अपराधिक उपद्रव गर्न नहुँने मुद्धामा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हराएको स्वास्थ्य सामाग्री भने अझै प्रहरीले फेला पार्न नसकेको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार आईसोलेसन प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि हराएको थियो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री हराएको छ ।

अहिले आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनले बताए ।


Your Views
Related News