संखुवासभा । सङखुवासभामा कोरोना संक्रमितको उपचार हुन सकेको छैन । कोरोना पोजिटिभ देखिए पनि चार दिन वित्दा पनि उनीहरुको उपचार कहाँ गर्न भन्ने टुंगो लागेको छैन । धर्मदेबी नगरपालिका–४ पिलुवाखोलाको क्वारेन्टाइनमा बसेकाहरुले कोरोना भाईरसको संक्रमण

देखिए पनि उपचार नपाएको गुनासो गरेका छन् । धर्मदेवीका कोरोना संक्रमित ३४ बर्षीय पुरुषले अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी समेत नआएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो गरे ।उपचारका लागि आइसोलेसनमा लग्नु पर्ने भएपनि हामीलाई पिलुवाकै क्वारेन्टाइन राखेको बताए । कोरोना पोजेटिभ देखिएको चार दिन बित्दा पनि अहिलेसम्म स्वास्थ्यकर्मी पनि नआएको र खान बस्ने पनि समस्या भएको संक्रमित सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल खाँदबारीका प्रबक्ता सुजता पौडेले जानकारी दिएकी छन् ।

प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष र चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा बनाएको १० बेडको आइसोलेसन प्रयोगका स्थानीयको विरोधपछि प्रयोगमा आउन नसकेको जनाएको छ ।

सरकारले साउन २५ विद्यालय तथा क्याम्सपरबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीले अवरोध गरेका हुन् । तयारी गरीएको आइसोलसन प्रयोगमा अवरोध भएपछि जिल्ला अस्पतालले खाँदबारी नगरपालिका–९ ढुङ्गे विसौनाको प्राथिमक विद्यालयमा आइसोलेसन निर्माण लगेको थियो । ढुङ्गे विसौनाका स्थानीयले समेत विरोध गरेपछि आइसोलेसन बनाउने स्थागित भएको छ ।

सरकारको निर्णय र स्थानीयको अवरोधका कारण अस्पतालले लाखौं खर्चेर खाँदबारीको हिमालय किरण क्याम्पसमा बनाएको आइसोलेसन वार्ड भने प्रयोगबिहीन छ । बरुण बहुमुखी क्याम्पसम निर्माण गरिएको क्वारेन्टाइन समेत हटाउन क्याम्पस प्रशासनले माग गरेको छ ।


Your Views
Related News