इटहरी / इटहरी उपमहानगरपालिकाले जारी गरेकाे लकडाउकाे मिति आइतबार राति १२ बजे सकिँदै छ । इटहरीकाे समुदायमा संक्रमण फैलिन नदिन साउन २१ गते देखि उपमहानगर क्षेत्रमा लकडाउन गरिएकाे थियाे । लकडाउकाे मिति सकिए पनि बाजर भने पूर्ववत् रूपमा

संचालन हुने छैन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीलाइ निषेधित क्षेत्र घाेषणा गरेकाेले इटहरीमा पनि त्यहि निर्णय लागु हुनेछ । यसअघि इटहरीमा लकडाउन गरेकै दिन जिल्ला प्रशासन कार्यालयले सुनसरीले साउन २६ सम्म निषेधित क्षेत्र घाेषणा गरे पछि साेहि निर्णय लागु भएकाे थियाे । जिल्ला प्रशानले निषेधित क्षेत्र ६ दिन बढाउदै ३२ गते सम्म कायम गरे पछि जिल्ला भर त्यहि निर्णय लागु हुनेछ ।

सुनसरी थप ६ दिन निषेधित क्षेत्र
इनरुवा / सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।

स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको छ । भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो । प्रशासनले निषेधित क्षेत्र कायम गर्दा तोकिएका सर्त र नियमहरु यसअघि सरह लागु रहने जनाएको छ ।


Your Views
Related News