इनरुवा / सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन

३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको छ । भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो । प्रशासनले निषेधित क्षेत्र कायम गर्दा तोकिएका सर्त र नियमहरु यसअघि सरह लागु रहने जनाएको छ ।

प्रदेश १ मा ४० संक्रमित थपिए
प्रदेश १ मा आइतबार कोरोना भाइरसका ४० जना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Your Views
Related News