डडेल्धुरा : सीमा नदीको रुपमा रहेको महाकालीमा पानीको बहाव बढ्दा खतरा हुनसक्ने भन्दै स्थानीयलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ। दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा निरन्तर पानी परिरहेको छ। महाकाली नदीमा पानीको बहाव

बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो। मंगलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको वहाब बढेर सीमा क्षेत्रका वासस्थान र अन्य क्षेत्रमा कटानको जोखिम बढेको छ। बुधबार दिउँसो १ बजे महाकाली नदीमा जलस्तर ६ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । पानीको जलस्तर ८.८० भन्दा बढी भयो भने चेतावनीको संकेत मानिन्छ।

पानीको बहाव बढ्ने सक्ने भन्दै सिमा क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरिएको जलस्तर मापन केन्द्र परीगाउँले जनाएको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै डडेल्धुरा नदी जलस्तर मापन केन्द्र परीगाउँले सचेत हुन स्थानीयलाई आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर ७ मिटर पुग्दा जोखिम हुने गर्दछ ।

यस्तै शाखाले पहाडि क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव अझै बढ्न सक्ने संकेत देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेहरुलाई सचेत रहन आग्रह गरेको महाकाली र रगुंन जलाधारको तटिय क्षेत्रका कार्यरत ट्रोसा परियोजनाका कार्यक्रम सयोजक अमर साउदले जानकारी दिए ।

दक्षीण एशीयाली सीमा नदीहरुको सामुदायिक सदुपयोग ट्रोसा परियोजनाले पनि महाकाली क्षेत्रमा काम गरिरहेको छ । पूर्वसूचना प्रणाली , विपद जोखिम न्युनिकरण जस्ता कार्यहरु गरिरहेको परियोजनाले अहिले सो क्षेत्रमा पानीको बहाव बढेकाले स्थानीयलाई सीमा क्षेत्र तथा नदीमा नजान स्थानीयलाई आग्रह गरेको परियोजना कार्यक्रम सयोजक साउदले बताए ।


Your Views
Related News