अघिल्लो हप्ता मात्र साम्राज्ञीराज्यलक्ष्मी शाहले आफूले अभिनय गरेमध्ये तीनटा फिल्ममा दुव्र्यवहार खेपेको बताएकी थिइन् । इन्स्टामा जारी सो भिडियोमा उनले फिल्मको नाम लिएकी थिइनन् । तर, उनको झगडाको इतिहास हेर्दा ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लन्डन’सँग

उनको लफडा परेको स्पष्ट थियो । उनले भनेका तीन फिल्म यिनै हुन् भन्ने पनि धेरैलाई थाहा थियो । तर, यसमा साम्राज्ञीलाई जवाफ दिने आँट कुनै निर्माताले गरेनन् ।

फेरि एउटा अन्तर्वार्तामा साम्राज्ञीले ‘ड्रिम्स’ को नाम लिएपछि भने यसका निर्माता तथा निर्देशक भुवन केसी चुप लागेर बसेनन् । उनले पनि साम्राज्ञीको नाम नलिई उनैलाई लक्ष्य गरेर स्ट्याटस लेखे– ‘जुन फिल्ममा खान पाइनँ भनिरहेकी छ्यौ, तर अहिले त्यही फिल्मको नाम बेचेर खाइरहेकी छ्यौ ।

जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने ?’ जवाफमा साम्राज्ञीले भुवन केसीलाई ‘पर्भर्ट’ भएको आरोप लगाइन् ।साम्राज्ञीको यो आरोपको प्रतिवाद गर्दै केसीले कलाकार संघमा साम्राज्ञीविरुद्धउजुरी दिएका छन् । त्यसयता साम्राज्ञीको नयाँ स्ट्याटस आएको छैन ।

हेर्नुछ, दुवैको दोहोरी कहाँ गएर टुंगिन्छ ?


Your Views
Related News