इस्लामाबाद : कश्मीरको आकाशमा उडेको ड्रोनलाई भारतले जासूसीका लागि प्रयोग गरेको भन्दै पाकिस्तानले खसालिदिएको छ ।सानो आकारको उक्त ड्रोन बुधबार विवादित हिमाली क्षेत्रको आकाशमा उडेको थियो । पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा

ड्रोन खसालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ । भारतीय पक्षबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन । भारत र पाकिस्तान दुबै देशले कश्मीरको यस भूभागलाई आफ्नो दावी गर्दैआएका छन् ।

गत वर्षको अगष्टदेखि भारत र पाकिस्तानबीच यस क्षेत्रमा थप तनाब बढेको छ । अघिल्लो साता मात्रै पाकिस्तानले जासूसीका लागि परेवा पठाएको

भन्दै उक्त तालिम प्राप्त परेवालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रण गरेका थिए ।

कश्मीरकै विषयलाई लिएर पाकिस्तान र भारतले १९४७ पछि दुई वटा युद्ध लडिसकेका छन् ।


Your Views
Related News