एजेन्सी । पछिल्लो समय विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव बढ्दो छ । अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोना भाइरसलगायतका विविध विषयलाई लिएर तनाव बढिरहेको छ । ‘कोरोना भाइरस महामारी’ चीनका कारण विश्वव्यापी

बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । आएको छ । चीनले ह्याकर लगाएर आफ्नो कोभिड- १९ सम्बन्धि उपचार विधि र शोधसँग सम्बन्धित तथ्यांकहरु चोर्न लगाएको आराेप समेत अमेरिकाले लगाउँदै आएकाे छ । यसैबीच अमेरिकाले आफ्नो देशका विश्वविद्यालयमा अध्ययन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीहरुलाई निष्काशन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार चार अमेरिकी अधिकारीहरुले यो कुराको पुष्टि गर्दै ट्रम्प अहिले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने एक महिना पुरानो प्रस्तावमाथि विचार गरिरहेको बताएका छन् । यसमा ती विद्यार्थीहरु छन् जो पिपुल्स लिबरेशन आर्मीको मान्यता प्राप्त केही विश्वविद्यालयको साथमा करार भएका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । अर्थात चीनसँग करार भएका अमेरिकी विश्वविद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुलाई अमेरिकाबाट निकाल्ने तयारी भइरहेको छ ।

तर विश्वविद्यालयका अधिकारीहरूले भने ‘सरकार पागल’ भएकाे संज्ञ दिएका छन् । अधिकारीहरूले यसले सम्भावित थप शैक्षिक प्रतिबन्धहरूलाई लाग्न सक्ने र चिनियाँ सरकारले अमेरिकीहरूमाथि आफ्नै भिसा वा शैक्षिक प्रतिबन्ध लगाएर बदला लिन सक्ने बताएका छन् । चिनियाँ विद्यार्थीहरूलाई राेक्नकाे लागि ट्रपकाे याे पहिलाे याेजना हाे । अमेरिकामा सबैभन्दा धेरै विदेशी विद्यार्थीहरूको संख्या चिनियाँ विद्यार्थीहरूकै रहेकाे छ ।

ट्रम्पले कोभिड १९ का विषयमा चीनको रहस्यमय व्यवहार, यो रोगसँग सम्बन्धित तथ्यहरुमा पारदर्शिताको कमी र सुरुवाती समयमा अमेरिकासँग असहयोगको व्यवहारका कारण निकै रुष्ट छन् ।


Your Views
Related News