थाक्रे (धादिङ) : थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्‍कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । त्यस्तै गाउँका अन्य ७ जना घाइते भएका छन् ।गाउँ नजिकै रहेको विद्युत ट्रान्सफर्मर

अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले जनाएको छ । हावाहुरी र चट्याङ परेकाले ट्रान्सफरमरमा चट्याङ लागेको स्थानीयले बताएका छन् । मृतक तथा घाइते सबै आ-आफ्नै घरमा विद्युतीय सामग्री चलाइरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

करेन्ट लागेपछि घाइते भएका सानुमान तामाङ र सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सोही ठाउँका गम्भीर घाइते भएका रुपक अर्याल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका ३ नम्बर वडाका अध्यक्ष अमित घलेले जानकारी दिए । हाइभोल्टेज विद्युत प्रवाह भएपछि घरभित्र जतातातै करेन्ट लाग्दा बिजुलीको स्वीच अफ गर्न,

चार्जमा रहेको मोबाइल झिक्न खोज्दा र करेन्ट लागेका व्यक्तिले अर्को व्यक्तिलाई समात्दा धेरै घाइते भएको स्थानीयले बताएका छन् ।


Your Views
Related News