कोरोनाभाइरसविरुद्ध लडिरहेको चीनले यसबीचमा विश्वलाई चकित पार्ने गरीको फुटबल मैदान निर्माण थालेको छ ।करिब १३ हजार करोडको लगानीमा सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला बनाइरहेको हो । जसमा दर्शक क्षमता १ लाख रहेको बताइन्छ । अहिलेसम्म स्पेनको

बार्सिलोनाको क्याम्प नोऊ सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला मानिन्छ । जहाँ ९९ हजार ३५४ जना अट्न सक्छन् ।त्योभन्दा पनि ठूलो मैदान रहेको छ । चीनको ग्वान्झाउमा निर्माण भइरहेको यो रंगशाला २०२२ सम्म तयार हुने जनाइएको छ । गत बिहीबार यो रंगशालाको निर्माण थालिएको छ । ग्वान्झाउको यो मैदानलाई एवरग्राण्डको गृहमैदानको रूपमा मानिएको छ । रियल स्टेट कम्पनी एवरग्राउण्डले निर्माण गरिरहेको हो ।

एवरग्राउण्डका अध्यक्ष सिया हुजैनले भने, ‘हाम्रो लक्ष्य यस्तो रंगशाला बनाउने हो, जो दुनियालाई चकित बनाइदियोस्, अर्थात् यसको तुलना सिड्नीको ओपेरा हाउस र दुबईको बुर्ज खलिफासँग होस् ।’ यो रंगशाला कमलको फूलको आकारमा निर्माण भइरहेको छ ।

यो रंगशालालाई चीनलाई फुटबलको क्षेत्रमा नयाँ पहिचान दिने दाबी गरिन्छ । अध्यक्ष हुजैनले भने, ‘मलाई आशा छ कि २०२३ मा हुने एसियन कपको सुरुवाती सेरेमोनी यही रंगशालामा हुनेछ ।’ हाल एवरग्राउण्ड क्लबको घरेलु मैदान तियान्हे रंगशाला मानिन्छ ।तर, अबको केही वर्षपछि भने कमलको फूलको आकारको रंगशाला नै घरेलु मैदान मानिने छ ।

यो रंगशालाको आर्किटेक्ट अमेरिकाका डिजाइनर हसन सइदले गरेका हुन् । यसको क्षेत्रफल ३ लाख वर्गमिटर रहेको छ । जहाँ १६ भिभिआइपी रुम, १५२ वटा निजी रुम, फिफा सदस्य र एथ्लेटिक्सका सदस्यहरूको लागि छुट्टै रुम रहेको छ ।


Your Views
Related News