डोल्पा : डोल्पामा हेलिकोप्टर चार्टर गरी गाउँपालिकामा औषधि ल्याइएको छ।जिल्लाको शे-फोक्सुण्डो गाउँपालिकाले काठमाडौंबाट हेलिकोप्टर चार्टर गरी गाउँपालिमा औषधि र केही उपकरण ल्याएको हो। बिहीबार बिहानै करिब ४ लाख हाराहारीको औषधि हेलीकोप्टरबाट शे-

फोक्सुण्डो गाँउपालिकाको केन्द्र साल्दाङ पुर्‍याइएको स्वास्थ्य इन्चार्ज एचए निमादार्के गुरुङले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाले माक्स,सेनेटाइजर,साबुन,क्वारेन्टिन निर्माणको लागि ब्लाङकेट,लगायत स्वास्थ्यचौकीका लागि चाहिने अन्य औषधि र अक्सिजन कन्सनटेटर गरी ३ क्वीन्टल भन्दा धेरै औषधि र उपकरण गाउँपालिकाको केन्द्रमा पुर्‍याइएको हो।गाउँपालिकाले ७ लाख पच्चीस हजारमा हेलीकोप्टर चार्टर गरेर स्थानीयका लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामाग्री लगेको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले जानकारी दिए ।

भौगोलिकरुपमा सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा शे-फोक्सुण्डो गाउँपालिका पर्दछ । भूगोलमा ठूलो र चीनको तिब्बतसँग सिमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकोप्टरबाटै औषधि र सामग्री लगेको गाउँपालिका अध्यक्ष गुरुङले दावी गरे ।

गाउँपालिकाले हेलिकोप्टर चार्टर गरी साल्दाङ पुर्‍याएको औषधि र सामग्री ।तस्बिर : टेकबहादुर शाही

यति बेला चीनको तिब्बततिरको नाका हिउँले शिल गरेपछि तीब्बतबाट भन्दा अन्य सहरबाट आउने मानिसबाट खतरा बढी रहेकाले तत्काल क्वारेन्टाइन निर्माण गर्ने र नागरिकलाई सचेत गराउने अत्यावश्यक रहेकोले आफूहरु लागिपरिरहेको स्वास्थ्य इन्चार्ज निमादार्के गुरुङले जानकारी दिए ।

माथिल्लो डोल्पा यतिबेला हिउँले सेताम्मे भएकाले तीब्बतको नाका प्राकृतिक रुपमा बन्द रहेको र तल्लो डोल्पाबाट मानिस सहजै जान नसक्ने भएकाले पनि तत्तकाल कुनै खतरा नरहेको गाउँपालिकाको दाबी छ।


Your Views
Related News